दफा १०६
तोकिएको दिन साक्षी बुझ्नु पर्ने
(१) अदालतले साक्षी बुझ्न तोकिएको तारिखको दिन उपस्थित भएसम्मको सबै साक्षीहरुको वकपत्र गराउनु पर्नेछ र त्यस दिन उपस्थित सबै साक्षीहरुको वकपत्र गराउन समय अभावको कारणले नभ्याएमा मात्र त्यसपछि अदालत खुल्ने अर्काे दिन वकपत्र गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम वकपत्र गर्न उपस्थित भएको साक्षीले बकपत्र गर्नुअघि निजले सत्य कुरा मात्र व्यक्त गर्ने उद्घोषण गरी अनुसूची–३७ बमोजिमको ढाँचामा अरुले सुन्ने गरी शपथ लिनु पर्नेछ र त्यस्तो शपथ सम्बन्धित मिसिलमा संलग्न गर्नु पर्नेछ ।
(३) साक्षीले गरेको वकपत्र अनुसूची–३८ बमोजिमको ढाँचामा अभिलेख गर्नु पर्नेछ ।